ट्रेण्डिङ

होमपेज / समाज

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

नेपालगाथा २०८१ भाद्र ९ गते आइतबार १२:४६:०४ मा प्रकाशित

काठमाडौं । भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

बस बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको बताईकाे छ । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको हुन् ।

दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top