होमपेज / समाज
सुर्खेत । दैलेखमा चट्याङ पर्दा ३ जना घाइते भएका छन् । जिल्लाको महाँबु गाउँपालिका वडा न. २ पिपलपाटामा चट्याङ पर्दा ३ जना घाइते भएका हुन् ।
चट्याङ परि घाइते हुनेमा खडक बहादुर सुनारका २९ वर्षीया छोरा डिल बहादुर सुनार,११ वर्षीया नगेन्द्र सुनार र गणेश सुनारका छोरा बर्ष ११ का महेश सुनार रहेका छन् ।
शनिबार साझ ५: ३० को समयमा पानी परेको बेला चट्याङ परेकाे बताईकाे छ । घाइते मध्य दुई जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको र गम्भीर घाईते भएका नगेन्द्र सुनारलाई प्रदेश अस्पताल सुर्खेत रिफर गर्ने तयारी भएकाे बताईकाे छ ।