ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालय स्ववियु अध्यक्षमा सात जनाको उम्मेदवारी 

नेपालगाथा २०८१ भाद्र ७ गते शुक्रबार २२:५९:०७ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को यही भदौ २८ गते हुने निर्वाचनका लागि एक जना अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलसँग निकट विद्यार्थी सङ्गठन र स्वतन्त्र सहित ७ जनाले उम्मेदवारले अध्यक्ष पदमा उम्मेदवारी दिएकाे निर्वाचन अधिकृत त्रिभुवन बिसीले जानकारी दिनुभयाे ।

शुक्रवार सम्पन्न भएको उम्मेदवारकाे मनोनयनपत्र दर्तामा नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सहित २ जना स्वतन्त्र विद्यार्थीले समेत अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । 

निर्वाचन अधिकृत बिसीले दिनुभएकाे जानकारी अनुसार अध्यक्ष पदको उम्मेदवारी दिनेहरूमा नेपाल विद्यार्थी संघबाट रोशन बस्नेत, अनेरास्ववियुबाट जगतजंग शाही, अखिल (क्रान्तिकारी)बाट दीपक खडका, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट उमेश उपाध्याय र  स्वतन्त्रबाट  युवराज चपाइँ र दिपेश चन्दले उम्मेदवारी दिएका छन् ।

यस्तै सचिव पदमा पाँच जनाकाे उम्मेदवारी परेकाे छ । जसमा  नेविसंघबाट भूपेन्द्र आचार्य, अनेरास्ववियुबाट विजय कार्की, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट सन्देश शाही, अखिल (समाजवादी) बाट चिनबहादुर सहकारी र स्वतन्त्रबाट सबिन रोकायकाे उम्मेदवारी परेकाे छ ।

कोषाध्यक्ष पदका लागि नेविसंघबाट हिमाल कोइराला, अनेरास्ववियुबाट सीता रोकाय, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी  सङ्गठनबाट संगिता कुमारी शाही, अनेरास्ववियूबाट दिल बहादुर शाही र स्वतन्त्र उम्मेदवार धनु रोकायले उम्मेदवारी दिएका छन् ।

प्रत्यक्ष तर्फकाे सात सदस्यका लागि २२ जना उम्मेदवारले मनाेनयन पत्र दर्ता गरेका छन् । समानुपातिक तर्फकाे लागि विभिन्न सात स‌ंघ तथा संगठनले बन्द सूची पेस गरेकाे निर्वाचन अधिकृत बिसीले जानकारी दिनुभयाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top