होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार सम्मानित भएका छन् ।
कर्णाली प्रदेश सरकारले ९ औं स्थापना दिवसको अवसरमा जाजरकोटका राजेन्द्र कार्की, यज्ञ खत्री, र कालीकोटका तुलराज पाण्डेलाई पुरस्कार प्रदान गरेको हो ।
पत्रकारितामार्फत कर्णालीको विकास र समृद्धिमा योगदान पुर्याएको भन्दै उनलाई पुरस्कृत गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानाएको छ ।
उनिहरूलाई ५० हजार नगद र प्रमाणपत्रसहित कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सम्मान गरेका हुन् । कर्णाली सरकारले भदौ ४ गते प्रदेश स्थापना दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
प्रदेश सरकारले हरेक वर्ष कर्णालीको विषयमा कलम चलाउने तीन जना पत्रकारलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्दै आएको छ ।
यस्तै, जाजरकोटका कार्की अन्नपूर्ण पोष्ट, जाजरकोटकै नलगाड नगरपालिका-८ का खत्री अनलाइनखबर र कालिकोटको खाडाँचक्र नगरपालिकाका पाण्डे कान्तिपुर पत्रिकामा कार्यरत छन् ।