होमपेज / समाज
काठमाडौँ । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको मूल्य घटेको जानकारी दिएका छ ।
मञ्चका अनुसार असार अन्तिम सातामा ठुलो साइजको अण्डाको मूल्य ५ सय २० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ ।
यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५ सय ५ रुपैयाँबाट घटेर ४ सय ७५ भएको छ । यस्तै, मध्यम खालको अण्डाको मूल्य ४ सय ४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४ सय १५ भएको छ ।
देशभरका किसानसँग छलफल गरेर मूल्य समायोजन गरेको बताएकाे छ ।