ट्रेण्डिङ

होमपेज / समाज

कीर्तिपुरका दुई विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम हुदै

नेपालगाथा २०८१ भाद्र २ गते आइतबार १३:०६:५४ मा प्रकाशित

कीर्तिपुरस्थित नमूना विद्यालयद्वय जनसेवा मावि र मंगल माविमा क्रमशः सिनियर डिभिजन्को तालिम हुने भएको छ ।

साउन ३१ गतेदेखि हुने उक्त तालिममा पुरुष र महिला गरी जम्मा ३६ जनाको सहभागिता हुने तालिम प्रमुख दिपककुमार श्रेष्ठले बताएका छन् ।

जनसेवा माविमा २०४२ सालतिर एकपल्ट राष्ट्रिय सेवा दलको तालिम संचालन भएको अभिलेख छ । त्यस यता यो दोश्रो पल्टको तालिम हुने संयोजक शिक्षक लक्ष्मण महर्जनले बताए ।

यही साउन २५ र २७ गते विद्यार्थीहरुको मेडिकल टेष्टसहित छनोटगरी नाम सूची प्रकाशित गरिएको छ । प्रत्येक समूहमा २–२ जना बैकल्पिक सूची पनि प्रकाशित गरिएको छ ।

मेडिकल छनोटमा सफल विद्यार्थीलाई साउन २८ गतेनै पोशाकसहितको हाजिरी तालिम हुने प्रशिक्षक समूह गूरुले विद्यालयलाई जानकारी दिएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top