होमपेज / समाज
काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्ने भएकाे छ । बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएकाे छ ।
आज बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्ताबेजलाई अन्तिमरूप दिनेबारे छलफल हुने छ ।
‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि साउन १ गते पहिलो पटक बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्ताबेज तयार गरी १५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।
यसअघि एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी संविधान संशोधन र भ्रष्टाचारविरुद्ध सदन र सडकबाट दबाब दिने योजना बनाउने निर्णय गरेको थियो ।