होमपेज / समाज
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् । भारतको औपचारिक भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
राणाका भारतीय समकक्षी डा.एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा ४ दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धनबारे छलफल गर्ने बताइएको छ।
विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यो भ्रमणबाट उच्च तहको नियमित भ्रमण आदान–प्रदानले नेपाल र भातबीचको वर्षौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ ।मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने तालिका रहेको छ।