ट्रेण्डिङ

होमपेज / समाज

दलित अभियन्ताले सडकमै सुतेर गरे प्रदर्शन

नेपालगाथा २०८१ भाद्र १ गते शनिबार १७:३४:५८ मा प्रकाशित

काठमाडौँ । दलितका लागि दलित अभियानले काठमाडौँको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन जारी राखेकाे छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् । 

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरूले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् । 

संयोजक सुनारले भने, ‘संविधानलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन । दलितहरूका अधिकार  कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ ?’

उनले दलितहरूको अधिकार एमाले र काँग्रेसले काटेको आरोप लगाए ।  उनले नयाँ आएका दलहरूले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताए । 

संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top