होमपेज / समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटमा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।
उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री रिचार्ड शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन् ।