होमपेज / समाज
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका उप विदेशमन्त्री रिचार्ड आर वर्मा आज नेपाल आउन लागेका छन् । एमालेका अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो
रिचार्डले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकास्थित विदेश मन्त्रालयका अनुसार नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।
आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा उनले छलफल गर्ने बताएकाे छ ।