ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका नदीको दायाँ-बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध

नेपालगाथा २०८१ श्रावण ३० गते बुधबार १४:३७:४० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका नदीको दायाँ-बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको छ । महानगरपालिकाले बुधबार सूचना जारी गर्दै यस्तो निषेध गरिएको जानकारी दिएको हो ।

महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँ बायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सबै सहायक नदीमा मलमूत्रयुक्त प्रदूषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यावसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाई भूमिगत जलस्रोत पुनः भरण गर्ने, नदीहरूमा कुनै किसिमका फोहोर नफाल्ने कार्य समेतका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top