ट्रेण्डिङ

होमपेज / समाज

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता

नेपालगाथा २०८१ श्रावण ३० गते बुधबार ११:३९:१० मा प्रकाशित

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ । 

अध्यक्ष प्रचण्ड र  राजदूत भोल्कबीच अध्यक्ष निवास खुमटारमा भेटवार्ता हाे ।  भेटमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा  बधाई दिंदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताए ।

 अध्यक्ष प्रचण्डले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top