होमपेज / समाज
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसद्मा पेस भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले प्रतिवेदन पेस गरेकी हुन् ।
सबै दलहरूबीच टिआरसी विधेयकका प्रावधानमा सहमति जुटेको छ । दलहरूबीचको सहमतिसँगै विधेयक समितिबाट सर्वसम्मत पारित भइसकेको छ। अब बुधबार संसद्मा छलफल गरेर टिआरसी विधेयक पारित गर्ने तयारी छ ।