ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री ओली र बेलायती राजदूतबीच भेटवार्ता

नेपालगाथा २०८१ श्रावण २९ गते मंगलबार १८:०९:०५ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएकाे छ ।

मंगलबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेलायती राजदूत फेनले प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएकाे हुाे । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको प्राप्तिलाई प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेको बताए । उनले दुई ठूला दलबीचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top