होमपेज / समाज
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिएका छन् ।
जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।