ट्रेण्डिङ

होमपेज / समाज

भारतीय सचिव मिस्री र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

नेपालगाथा २०८१ श्रावण २७ गते आइतबार १७:२५:४१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र  नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच आज सिंहदरबारमा भेटवार्ता भएकाे छ ।

भेटमा विदेश सचिव मिस्रीले नेपाल र भारतको सभ्यतागत, घनिष्ठ र बहुआयामिक सम्बन्धमाथि जोड दिएका थिए ।

त्यस्तै द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई गति दिने विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गरेका थिए । 

मिस्री सोमबार बिहान  परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top