ट्रेण्डिङ

होमपेज / समाज

गुटुमा पेस्तोलसहित २ जना पक्राउ

नेपालगाथा २०८१ श्रावण २६ गते शनिबार १६:०९:३७ मा प्रकाशित

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट पेस्तोल सहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७, डाँबका १७ वर्षिय अशोक थापा र वडा नम्वर–६, भाप्रका १८ वर्षिय भिमबहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।

गएराती चौकुने गाउँपालिका–८, विशाल बजारस्थित रङ्गशाला नजिक दुई जना युवाहरुले पेस्तोल बोकी हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुटुबाट प्रहरी नायव निरीक्षक नारायण बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

उनले पक्राउ परेका साथबाट (राउन्ड नभएको) गोली विनाको (बीओएनडी) लेखिएको आधुनिक पेस्तोल बरामद गरिएको बताएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top