ट्रेण्डिङ

होमपेज / समाज

कोहलपुरदेखि सुर्खेतसम्मकाे विद्युत लाइनमा पर्ने रुखहरु काट्न स्वीकृति

नेपालगाथा २०८१ श्रावण २६ गते शनिबार १६:००:५९ मा प्रकाशित

सुर्खेत । कोहलपुरदेखि सुर्खेतसम्मकाे १३२ केभिए विद्युत् प्रसारण लाइनमा पर्ने रुख कटान गर्न स्वीकृति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त क्षेत्रमा पर्ने छ हजारभन्दा बढी रुखहरु कटानका लागि स्वीकृति दिएको हो ।

साउन १६ गते विभागले रुख कटानको अनुमतिपत्र दिएको आयोजनाले बताएकाे छ । अहिले रुख कटान आदेशको पत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पेस गरिएको छ । अब निकुञ्जले रुख कटानको अनुमति दिएपछि मात्र कटान सुरु हुनेछ । यो अनुमतिसँगै कोहलपुरदेखि सुर्खेतसम्मकाे १३२ केभिए विद्युत् विस्तारको काम प्रभावकारी रूपमा अघि बढ्ने छ ।

विभागले बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार ९ सय ९१ र बर्दिया राष्ट्रिय निकुञ्जमा तीन हजार ३ सय २० रुख कटानका लागि स्वीकृति दिएको हो । २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रुखमा छपान गरी कटानको प्रक्रिया अघि बढाइएको छ । रुखमा चिनो लगाएको करिब दुई महिनापछि आयोजनाले रुख कटानका लागि स्वीकृति पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top