होमपेज / समाज
सुर्खेत । नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा मध्यपश्चिम विश्वविद्यालयका इन्चार्ज, मप विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ एजुकेशनका पूर्व सहायक डीन उपप्राध्यापक डा. विष्णुकुमार खड्का सम्मानित हुनुभएको छ ।
डा. खड्कालाई नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटीले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
डा. खड्काले त्रिभुवन विश्वविद्यालयबाट "Reading Comprehension Ability and Strategies of Undergraduate Students in English Texts" विषयमा अंगेजी शिक्षा विषयमा पिएचडी उपाधि हाँसिल गर्नु भएको हो ।
सम्मान कार्यक्रमममा ग्य्राजुयट स्कुल अफ ह्युमानिटीज एण्ड सोसल साइन्सेसका डिन सहप्राध्यापक डा. लिलाधर तिवारीले डा. खड्काले प्राप्त गर्नुभएको उपाधिका लागि शुभकामना व्यक्त गर्दै निरन्तर मिहिनेतका कारण खड्काले यो उपाधि प्राप्त गर्नुभएको बताउनुभयो ।
यसैगरी सहप्राध्यापक डा. आनन्दप्रसाद सुवेदीले शैक्षिक क्षेत्रमा लागेका व्यक्तिले आफ्नो योग्यतालाई थप मजबुज बनाउनका लागि डा.खड्काले जस्तै निरन्तर अध्ययन अध्यापन कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सम्मानपछि डा.खड्काले आफूले छनौट गरेको विषय नितान्त नयाँ भए पनि निन्तरको मिहिनेत र निर्देशकको निरन्तरको सल्लाह तथा सुझावले अध्ययन पूरा गर्न सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटीका सदस्यहरु र सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
.jpg)