ट्रेण्डिङ

होमपेज / समाज

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान

नेपालगाथा २०८१ श्रावण २५ गते शुक्रबार २१:०८:४४ मा प्रकाशित

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश बिशिबार नै प्रमाणीकरण भइसकेको छ ।

आज पुन सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमल शाह नियुक्त भएका थिए । उनले विश्वासको मत लिएका छैनन् । आइतबार प्रदेश सभा बैठक आह्वान गरिएको र त्यसलगत्तै विश्वासको मत लिने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top