ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालय परिसरमा वृहत वृक्षारोपण कार्यक्रम

"सन् २०२४ मा २०२४ बिरुवा" मुल नारासहित वृक्षारोपण

नेपालगाथा २०८१ श्रावण २५ गते शुक्रबार १२:११:११ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय परिसरमा शुक्रबार बिहान ‘सन् २०२४ मा २०२४ बिरुवा’ भन्ने मुल नारासहित विभिन्न १३ प्रजातिका फलफूलसहित दुई हजार २४ वटा बिरुवा लगाउने काम सम्पन्न भएको छ । 

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयद्वारा आयोजित उक्त वृक्षारोपण कार्यक्रमको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा विरुवा रोपेर उद्घाटन गर्नु भएको थियो । 

मुख्यमन्त्री कंडेलले सोही अवसरमा पर्यावरण जोगाउन र हरियाली बढाउन विश्वविद्यालयले गरेको यस कार्यको प्रशंसा गर्दै विश्वविद्यालयलाई रचनात्मक कार्यमा लाग्नका लागि सुझाव पनि दिनुभयो ।

उक्त वक्षारोपण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमलगायतका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

वृक्षारोपण लगत्तै आर्थिक मामिला तथा योजना मन्त्री शाह सम्मिलित एक टोलिले कुइनेपानी स्थित विश्वविद्यालय परिसरको अवलोकन भ्रमण गर्नुका साथै उक्त क्षेत्रको सदुपयोगका लागि सम्भावित पूर्वाधार तथा विकास निर्माणका सम्बन्धमा छलफल गर्नुभएको थियो ।

 

कार्यक्रममा उपकुलपति गौतमले वृक्षारोपण अभियानमा जोडिनुभएका र साथ सहयोग गर्नुहुने सम्पुर्ण महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

उक्त वृहत वृक्षारोपण कार्यक्रम विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, पत्रकारलगायत आम शुभेच्छुक सर्वसाधारणको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top