होमपेज / समाज
काठमाडौं । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिएको हाे ।
कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी)मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिए ।