ट्रेण्डिङ

होमपेज / समाज

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

नेपालगाथा २०८१ श्रावण २४ गते बिहीबार २०:१३:१२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने भएकाे छ ।

आजको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय आदिवासी जनजाति  दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top