ट्रेण्डिङ

होमपेज / समाज

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर

नेपालगाथा २०८१ श्रावण २४ गते बिहीबार १३:४९:४५ मा प्रकाशित

काठमाडौं । मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन् ।

नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री प्रकाशमान सिंह छन् । त्यसपछि उपप्रधानमन्त्री विष्णु पौडेल छन् भने चौथो नम्बरमा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयता क्रम घटाइएको छ । पौडेल यसअघि मन्त्रिपरिषद्को १४औं वरीयता क्रममा थिए । हेरफेरअनुसार उनको वरीयता क्रम १६ औं कायम गरिएको छ ।

हाल १४ औं वरीयता क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे छन् । मन्त्री पाण्डे यसअघि १६ औं वरीयता क्रममा थिए । मन्त्रीद्वय पौडेल र पाण्डेको मात्र वरीयता क्रम हेरफेर गरिएको छ । अरू मन्त्रीको वरीयता क्रम यथावत् छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top