होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश याेजना आयाेगकाे उपाध्यक्षमा सूर्यनाथ याेगी नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतका योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
शाहका अनुसार आयोगको सदस्यहरूमा मुगुको छायाँनाथ रारा नगरपालिका–५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालीकोटका अशोकनाथ योगी नियुक्त भएका छन् ।
उनिहरुको बिहीबार ११ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने बताएकाे छ ।