ट्रेण्डिङ

होमपेज / समाज

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री ओली जाने

नेपालगाथा २०८१ श्रावण २३ गते बुधबार १२:४५:५१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेल हेर्न जानुहुने भएको छ । प्रतियोगिता अन्तर्गत आज नेपाल र भारत बिच हुने फाइनल खेलको समापन कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।

नेपाल र भारतको फाइनल खेल दशरथ रंगशाला कभर्डहलमा बुधबार साँझ पाँच बजे सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँग खेल्दै छ । यस अघि समूह चरणको खेलमा नेपालले भारतलाई हराएको थियो । आजको फाइनल खेल निक्कै रोमाञ्चक हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top