होमपेज / समाज
काठमाडौं । हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो । हिन्दू धर्मले कहि कतै हिंसा, भेदभाव, कट्टरता जस्ता कृत्यहरुलाई प्रश्रय दिएको छैन । विश्व आज एक विशेष समुदायको कट्टरताले आतंकित रहेको सर्वविदितै छ ।
यसैबिच बङ्गलादेशमा आरक्षण व्यवस्थाको विरोधमा प्रदर्शन उग्र भए पश्चात प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिए लगतै बङ्गलादेशी हिन्दूमाथि इस्लामिक जिहादी समूहहरुद्वारा बर्बरतापूर्ण आक्रमण शुरु गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मानवता विरोधी जिहादी तत्वहरुद्वारा घटाइएको उक्त घटनाको विश्व हिन्दू परिषद नेपाल घोर भत्र्सना गर्दछ साथै घटनामा संलग्न जिहादी समूहहरु प्रति गम्भीर हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछ ।
मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दू नेता, क्रिकेटर, व्यापारी तथा आम बङ्गलादेशी हिन्दू समाजमाथि बर्बरतापूर्ण आक्रमण गर्दै हिन्दू मठ मन्दिर समेतलाई निशाना बनाएको घटनाले समस्त सनातन हिन्दू समाजलाई आहात एवं आक्रोशित बनाएको छ ।
आतंकी तथा अपराधी प्रवृतिका तत्वहरुको समय मै उपचार नहुदाँ उनीहरुको मनोवल बढेको देखिन्छ । उक्त घटनामा संलग्न आन्दोलनकारी भनिएका कट्टर जिहादीहरुलाई कारवाही माग गर्नुको साटो उनी प्रति समर्थन जनाउनु निर्दोष बङ्गलादेशी हिन्दू समाजमाथि अन्याय हो तसर्थ विश्वका सम्पूर्ण मानवतावादी एकजुट भई बङ्गलादेशी इस्लामिक जिहादी बर्बरताको विरुद्ध आवाज उठाऔं ।
आक्रमणमा परी दिवंगत भएका प्रति हार्दिक श्रद्धाञ्जली एवं घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको लागि विश्व हिन्दू परिषद नेपाल परिवार भगवान पशुपतिनाथ सँग प्रार्थना गर्दछ ।