होमपेज / समाज
काठमाडौँ । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले मंगलबार आदेश जारी गर्दै संसद विघटन भएको जानकारी दिएका छन् । राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत जनवरीमा बंगलादेशमा आम निर्वाचन सम्पन्न भएको थियो । उक्त चुनावपछि शेख हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिइन् । उक्त निर्वाचनलाई धेरैले विरोध गरेका थि ए।
प्रधानमन्त्री शेख हसिना सोमबार पदबाट राजीनामा दिएकी थिइन्। उनी राजीनामा दिएर भारतको त्रिपुरा राज्यको अगरतालामा शरण लिएकी थिइन्।