होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतम र चाङवोन राष्ट्रिय विश्वविद्यालय, दक्षिण कोरिया तथा लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कपरेसनका निर्देशक प्रा. डा. योङ जङबीच साेमबार छलफल तथा भेटवार्ता भएको छ ।
भेटमा मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एजुकेशनमा संचालन भईरहेको स्नातक तह विशेष आवश्यकता शिक्षा (B.Ed. SNE) विषयको वर्तमान अवस्था र भावी दिनमा यस कार्यक्रमलाई कसरी अझ प्रभावकारी ढंगबाट अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो ।
उक्त भेटमा ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन प्रा. डा. यामबहादुर कार्की, नेपाल स्थित LUPIC का देश निर्देशक किम युनयोङ, ग्र्याजुएट स्कुल अफ एजुकेशनका पुर्व सहायक डीन उप-प्राध्यापक डा. बिष्णुकुमार खड्का, विशेष आवश्यकता शिक्षा विभागका विभागीय प्रमुख उप. प्रा. प्रतिभा खड्का र उपकुलपति सचिवालयका सदस्य तथा ग्र्याजुएट स्कुल अफ एजुकेशनका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।
.jpg)
.jpg)