होमपेज / समाज
काठमाडौँ । संविधानसभा सदस्य तथा वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा निधन भएको हो ।
अग्रवाल लामो समयदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए । अग्रवालले आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालन गरेका थिए । अग्रवालका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।