ट्रेण्डिङ

होमपेज / समाज

राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री ओली सहभागी

नेपालगाथा २०८१ श्रावण २२ गते मंगलबार १५:१५:३७ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा पहिलो पटक उनी सहभागी भएका हुन् । 

बैठक दुई बजे बोलाइएको भएपनि प्रधानमन्त्री ओली करिब पौने ३ बजे पुगेका छन् । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 

यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो ।

तर प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top