ट्रेण्डिङ

होमपेज / समाज

मिडियाको भूमिकाप्रति राष्ट्रपतिको चासो

नेपालगाथा २०८१ श्रावण २१ गते सोमबार २१:४७:५९ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनुभएको छ । त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उहाँले बताउनुभयो । सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा काउन्सिलका पदाधिकारीसँग भेट्दै उहाँले नयाँ मिडियासहितले ल्याएका चुनौतिलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्त रुपमा अवगत गराएको थियो । अध्यक्ष बस्नेतले युट्युवसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो ।

अबको पत्रकारिताको धार समाधानमुखी र रचनात्मक बनाउन विभिन्न संवाद श्रृङ्खलाहरु काउन्सिलले थालेको उहाँले बताउनुभयो । भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरु दुर्गा भण्डारी पौडेल, लालबाबु शेष, रामप्रसाद दाहाल र मुख्य अधिकृत झबिन्द्र भुसाल हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top