ट्रेण्डिङ

होमपेज / समाज

बागमती प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

नेपालगाथा २०८१ श्रावण १८ गते शुक्रबार १६:११:३४ मा प्रकाशित

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन् । साउन १४ मा बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा,बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक,मन्त्रीलगायतकाको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top