ट्रेण्डिङ

होमपेज / समाज

मन्त्रिपरिषद्ले पायो पूर्णता तीन राज्‍यमन्त्री नियुक्त

नेपालगाथा २०८१ श्रावण १८ गते शुक्रबार १६:०४:४७ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषदले पूर्णता पाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।  प्रधानमन्त्री ओलीले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एकजना राज्यमन्त्री थपेका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपाली कांग्रेसबाट रुपा विक, पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्तिबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङलाई ऊर्जा राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। नवनियुक्त राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले आजै शपथग्रहण गराउन कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top