ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालगाथा २०८१ श्रावण १८ गते शुक्रबार ११:५९:१८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड अनुत्तीर्ण भएका छन् । 

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए। गत असारमा प्रकाशित एसइईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको हो । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top