होमपेज / समाज
सुर्खेत । वुद्ध एयरले सुर्खेतदेखि काठमाडौंसम्म दैनिक तीन उडान भर्ने भएको छ । वुद्ध एयरले बिहीबारदेखि नियमित तीन उडान भर्न शुरु गरेको हो ।
एटीआर ७२ जहाजमार्फत बिहान ११ः४५ बजे तेस्रो उडान भर्न थालिएको छ । यसअघि वुद्ध एयरले काठमाडौंदेखि सुर्खेतसम्म र सुर्खेतदेखि काठमाडौंसम्म दैनिक विहान र दिउँसो दुई उडान भर्दै आएको थियो ।
हाल सुर्खेत काठमाडौं रुटमा श्री एयर र वुद्ध एयरलाइन्सले दैनिक दुई–दुई उडान गरिरहेका छन् । दुवै एयरले दैनिक विहान र दिउँसो उडान भर्दै आएकोमा वुद्ध एयरले विहान ११ः४५ बजे तेस्रो उडान थप गरेको हो ।