ट्रेण्डिङ

होमपेज / समाज

नवनियुक्त तीन प्रदेश प्रमुखहरुले लिए सपथ

नेपालगाथा २०८१ श्रावण १७ गते बिहीबार १८:२७:५९ मा प्रकाशित

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । तीन प्रदेश प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले शपथ लिएका हुन् ।

देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top