ट्रेण्डिङ

होमपेज / समाज

कैलारी गाउँपालिकामा निर्माणाधीन अस्पताल अन्तिम चरणमा

नेपालगाथा २०८१ श्रावण १७ गते बिहीबार १३:५८:३९ मा प्रकाशित

गोदावरी । कैलालीको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो ।

विसं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिएपनि केही महिना म्याद थप गरी निर्माण सम्पन्न गरिने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।

चार वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको उनले बताए । संघीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत रु १८ करोड ५२ लाख रहेको कलेलले जानकारी दिए ।

उनले निर्माणाधीन भवन हस्तान्तरण भएर गत आर्थिक वर्षको अन्तिमबाट नियमित सञ्चालन गर्ने लक्ष्य रहे पनि बजेट अभाव हुँदा ढिलाइ भएको बताए । भवन निर्माण अन्तिम चरणमा पुगेको भन्दै उहाँले अस्पताल सञ्चालनका लागि पनि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top