ट्रेण्डिङ

होमपेज / समाज

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

नेपालगाथा २०८१ श्रावण १७ गते बिहीबार ११:१७:५२ मा प्रकाशित

काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो ।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लागि आर्थिक सङ्कट भएपछि एक महिना अघि जन्मथलो फर्किएको उनका माइला छोरा प्रमिन्द्र कामतले जानकारी दिए । 

उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । नेपाली संगीतमा अमूल्य योगदान गरेका कामतले आर्थिक अभावका कारण सही उपचार पाउन नसकेको बताइन्छ । उनको  २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो ।

मतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिएने समीरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top