ट्रेण्डिङ

होमपेज / समाज

फिस्टुला सेन्टरको समीक्षा बैठक सम्पन्न

नेपालगाथा २०८१ श्रावण १६ गते बुधबार २३:०१:२४ मा प्रकाशित

दाङ । साइनिङ अस्पताल आइएनएफ सुर्खेतको आयोजना र स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको संयोजनमा दाङको भालुबाङमा साइनिङ अस्पताल सुर्खेत, फिस्टुला सेन्टरबाट सञ्चालित फिस्टुला सेन्टरको आर्थिक वर्ष २०८०÷०८१ को प्रगति समीक्षा तथा आर्थिक वर्ष ०८१÷८२ को बजेट प्रस्तुत तथा समीक्षा कार्यक्रम सम्पन्न भयो ।  

कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले आइएनअफले सेवा भावसहित समुदाय तथा अति जोखिममा परेका व्यक्तिहरुका बीचमा कार्य गर्ने शैलीको प्रसंशा गर्दै उक्त कार्यको अरुले पनि अनुसरण गर्नुपर्ने बताउनु भयो । उहाँले प्रसव फिस्टुलाको क्षेत्रमा स्वास्थ्य निर्देशनालय र मातहतका निकायको सदैव साथ र सहयोग रहने बताउनुभयो । 

परियोजनाको दिगोपना र सीप हस्तान्तरणको विषयमा परियोजनालाई अनुरोध गर्दै सो कार्यमा स्वास्थ्य निर्देशानालय र मातहतका निकायको सहकार्य, समन्वय र साथ रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतका कार्यक्रम संयोजक ललितबहादुर सारुले परियोजनामा पु¥याउनु भएको साथ र सहयोगका लागि आभार ब्यक्त गर्नुभयो । 

साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतका कार्यक्रम संयोजक ललितबहादुर सारुले सहभागीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा फिस्टुला सेन्टरका शाखा प्रमुख कान्तप्रसाद सुवेदीले गत आब २०८०÷०८१ को प्रगति समीक्षा प्रस्तुत गर्नुका साथै आगामी वर्ष २०८१÷०८२ को फिस्टुला सेन्टरको कार्यक्रम तथा बजेटका बारेमा प्रष्ट पार्नुभएको थियो । 

स्वास्थ्य निर्देशक डा. विनोद गिरीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन फिस्टुला सेन्टरका कोर्डिनेटर कान्ति शर्माले गर्नुभएको कार्यक्रममा लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालय, महाशाखा, विभागका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि पूर्णताको जीवन भन्ने परिकल्पनाका साथ आइएनएफले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्दै आएको छ । यसका साथै केही दुर्गम र गरिव समुदायहरूमा स्वास्थ्य विकासलाई सहज बनाउनका लागि मेडिकल आउटरिचका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।  

प्रसव फिस्टुला स्वास्थ्य सहयोग कार्यक्रम सन् २००९ देखि कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशहरुमा, सुर्खेत प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र मातहतका निकायहरुसँगको सहकार्य र समन्वयमा सचालित छ ।  सो  कार्यक्रममा सचेतना, क्षमता अभिवृद्धि, स्क्रिनिंग क्यामहरु,  फिस्टुलाको उपचार कार्य आइएनएफले सञ्चालन गर्दै आइरहेको छ ।    

प्रतिक्रिया

सम्बन्धित खवर

Top