होमपेज / समाज
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् ।
सचिव अर्यालले आज पदभार सम्हाल्दै मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उनले उल्लेख गरिन् ।
जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उनको भनाइ थियो ।
“सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु”, सचिव अर्यालले भनिन् ।