ट्रेण्डिङ

होमपेज / समाज

जुम्लामा चट्याङ्ग लागेर भेडाकाे मृत्यु

नेपालगाथा २०८१ श्रावण १५ गते मंगलबार १८:३८:१८ मा प्रकाशित

गोविन्द रावत, जुम्ला । जुम्लाकाे तिला गा‌उँपालिकाकाे देउली पाटनमा चट्याङ्ग लागेर एक सय भेडा मरेका छन् । मंगलबार दिउँसाे १२ बजेतिर चट्याङ्ग परेपछि तिला-७ पाेख्री गाउँका किसानका एक सय भेडा मरेकाे शिक्षक ऐनबहादुर रोकायले बताए ।

वडा नं ६ र ९ काे सीमानामा पर्ने देउली पाटनमा चट्याङ्ग परेर पाेखरी गाउँका किसानकाे एक सय भेडा मरेपछि त्यहाँका किसान चिन्तित भएका छन् । यस्तै किसानले गाउँपालिकासंग राहतको व्यवस्था गरिदिन अनुरोध समेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष माेतिलाल राेकायाले पाटनमा भेडा पालन गर्नु एकदमै रमाइलो र चुनौती रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top