होमपेज / समाज
काठमाडौँ । आज न्याय परिषद्काे बैठक बस्ने भएकाे छ । रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्काे बैठक लागेको हो ।
बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ ।
हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त रहेका छन् भने उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन्।