होमपेज / समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि विज्ञमा इन्जिनियर असगर अली नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम अलीलाई निजी सचिवालयको अवैतनिक सूचना प्रविधि विज्ञ पदमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।