ट्रेण्डिङ

होमपेज / समाज

बागमती प्रदेशका मुख्यमन्त्री लामाले साउन १५ मा विश्वासको मत लिने

नेपालगाथा २०८१ श्रावण १३ गते आइतबार १२:४९:०१ मा प्रकाशित

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका हुन् ।

लामाको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top