होमपेज / समाज
काठमाडौं । बागमती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसका ४ जना मन्त्री थपेर पुनः मन्त्रिपरिषद् विस्तार गरेको हुन् ।
विस्तारित मन्त्रिपरिषद्अनुसार हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यो सँगै बागमतीमा मन्त्रीको सङ्ख्या १४ पुगेको छ । बागमतीमा कांग्रेसका सांसद मधुकुमार श्रेष्ठ विनाविभागीय मन्त्रीको रुपमा रहेका छन् । बागमतीमा १३ मन्त्रालय छन्। अब एउटा मन्त्रालय विभाजन हुनेछ ।