ट्रेण्डिङ

होमपेज / समाज

आज यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

नेपालगाथा २०८१ श्रावण १२ गते शनिबार ०९:५८:०१ मा प्रकाशित

काठमाडौं । आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना छ । देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो केही स्थानमा मेघगर्जन  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र सुदूरपश्चिम प्रदेशका १/१ स्थानमा भारी  वर्षाको सम्भावना छ । 

महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top