होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको बताउनुभएकाे छ । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरु काठमाडौं भएकाले सरकारले पूर्णता पाउन ढिलाइ भएकाे मुख्यमन्त्री कंडेलले बताउनुभयाे ।
शुक्रबार मुख्यमन्त्री कार्यालयमा गरिएको पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले केही दिनअघि प्रदेश सभा बैठकमा कंग्रेसका १४ सांसद मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेकाे हाे । कँडेलले भने, 'सहयात्री दलका साथीहरू आन्तरिक छलफलमै हुनुहुन्छ । ढिलाइ किन भइरहेको छ, उहाँहरूको कुरा मलाई थाह भएन । म यहाँ छु साथीभाइ काठमाडौं हुनुहुन्छ ।'
केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरण बनेपछि माओवादी केन्द्र कर्णाली सरकारबाट बाहिरि सकेकाे छ । माओवादीका मन्त्रीहरूले साउन ७ गते राजीनामा दिएका थिए ।