होमपेज / समाज
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । शुक्रबार माओवादी केन्द्रका ४ मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीबाट राजीनामा दिने भएका हुन् ।
कोशी प्रदेशमा एक जना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् ।
केन्द्रमा काँग्रेस-एमाले गठबन्धन बनेदेखि नै कोशीमा माओवादी सरकारबाट बाहिरिने अनुमान गरिएको थियो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन गर्नुपर्ने भन्दै माओवादीलाई सरकार छाड्न सन्देश पठाएका थिए । तर, माओवादी भने मुख्यमन्त्रीले बर्खास्त नगरेसम्म सरकारमा नै रहने अडानमा थियो ।